असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान सञ्चालन गर्ने

काठमाडौं । भदौ २९— नेपाल सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ ।

Advertisement 1

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत पहिलो सातादेखि रोकिएका लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका यातायात र आन्तरिक उडान खुला गरिने उहाँको भनाइ छ ।

सरकारले गत भदौ १६ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिसकेको छ । (स्रोतः नेपाल टेलिभिजन)

प्रकाशित :२०७७ भाद्र २९, सोमबार २२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]