आजबाट निषेधाज्ञा थप कडा बनाइदै, किनमेलको समय समेत घटाइदै

नयाँ बानेश्वरमा फुटपाथमा तरकारी किन्दै सर्वसाधारण । फोटोः न्युजरुम नेपाल

काठमाडौं, वैशाख ११— देशको राजधानी काठमाडौंमा कोरोना भाइरसको नियन्त्रण आशा गरेभन्दा ढिलो भएपछि स्थानीय प्रशासनले जारी निषेधाज्ञामा थप कडाई गर्ने भएको छ । सो सम्बन्धमा छलफल गर्न आजै उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

Advertisement 1

तरकारी र खाद्यान्न किन्ने नाममा विहान सडकमा जाम नै हुने गरी मानिसहरु बाहिर निस्कन थालेपछि कोरोना संक्रमणको चेन ब्रेक गर्न असफल भएको निष्कर्षसहित नियन्त्रणामा ढिलाई भएको कोणबाट छलफल गरिएको र सम्भवतः आज बस्ने राजधानीका तीन वटै प्रशासनको संयुक्त बैठकले तरकारी र खाद्यान्न किन्ने समय घटाएर जारी निषेधाज्ञालाई थप कडाई गर्ने जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मानिसहरु बाहिर निस्कने क्रम नरोकिएकोले कोरोना भाइरस नियन्त्रणमा आउन ढिलार्ई भएको सुझावहरु आइरहेकोले आज छलफल हुने बताए ।

Advertisement 2

सरकारले अध्यादेशमार्फत जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत मंगलबारको बैठकबाट निर्णय हुन सक्ने बताइएको छ । नयाँ अध्यादेशमा उल्लेखित व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दा एक सातामा महामारीको चेनब्रेक हुन सक्ने जनाइएको छ ।

प्रकाशित :२०७८ जेष्ठ ११, मंगलवार १५:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]