एकै दिन १५ जना कोरोना संक्रमित व्यक्तिको निधन, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै

काठमाडौं । भदौ २९— गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट मुलुकभर थप १५ जनाको निधन भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार थप १५ जनाको कोरोना संक्रमणबाट निधन भएको हो।
Advertisement 1
नेपालमा कोरोना भाइरस संक्रमण फैलिए यता एकै दिनमा धेरैको संख्यामा निधन पुष्टि भएको यो घटना पहिलो हो। सोमबारको यो तथ्यांकसँगै कोरोनाको संक्रमणबाट नेपालमा निधन हुनेको हालसम्मको संख्या ३ सय ६० पुगेको छ।
पछिल्लो पटक कोरोनाबाट निधन हुनेहरुमा काठमाडौंकी ६१ वर्षीया महिला र अरु ५ पुरुष छन्। काठमाडौंका ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ। ललितपुरमा ५५ वर्षीय र भक्तपुरमा ७३ वर्षीय पुरूषको निधन भएको छ।
Advertisement 2
सोमबारको यो तथ्यांकसँगै कोरोनाको संक्रमणबाट नेपालमा निधन हुनेको हालसम्मको संख्या ३ सय ६० पुगेको छ।
त्यस्तै कोरोना संक्रमणबाट मोरङमा ४० र ७० वर्षीय पुरूषको निधन भएको छ। मन्त्रालयका अनुसार रामेछापका २३ वर्षीय पुरूष, गोरखाकी ६३ वर्षीया, नवलपरासीकी ६२ वर्षीया, पर्साकी ५५ वर्षीया र कपिलवस्तुकी ४७ वर्षीया महिलाको निधन भएको हो।
Advertisement 3
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै ८ सय ७९ जना निको भएर डिस्चार्ज भएका छन्।