कोरोना संक्रमितको संख्या नेपालमा ४४ हजार नाघ्यो, गएको २४ घन्टामा १३ सय ५९ जना कोरोना संक्रमित

Photo Credit: NTV

काठमाडौं | भदौ १९ —नेपालमा आजसम्म कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । गएको २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement 1

२४ घन्टामा डिस्चार्ज १३ सय ५४ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या पनि २५ हजार ५६१ पुगेको छ । पीसीआर परीक्षण १३ हजार ६ सय ३८ रहेको स्वाथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म ७ लाख ४५ हजार ४ सय ९० पीसीआर विधिबाट परीक्षण भएका छन् ।

शुक्रबार अपराह्न सम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १८ हजार ४ सय ४ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेको छ । त्यसैगरी गएको २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

Advertisement 2

त्यसैगरी गएको २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ५४ कोरोना संक्रमित देखिएका छन् । जसमा काठमाडौ जिल्लामा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित देखिएका हुन् ।

प्रकाशित :२०७७ भाद्र १९, शुक्रबार १९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]