चौबीस घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि: स्वास्थ्य मन्त्रालय

Symbolic Image

कामठाडौं, भदौ ८— गएको चौबीस घण्टामा देशभरमा ७४३ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण भएको पुष्टि गरेको हो ।

Advertisement 1

सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । गएको चौबीस घण्टामा १७५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

गएको चौबीस घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित :२०७७ भाद्र ८, सोमबार १७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]