दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

काठमाडौँ – पार्टीका दुई अध्यक्षले बोलेपछि सत्तारुढ नेकपाको स्थायी समिति बैठक पर्सी(शुक्रबार)सम्मका लागि स्थगित भएको छ।

Advertisement 1

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको एजेण्डा प्रस्तुत गर्दै आफ्नो धारणा राखेको नेता देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा पाँच बुँदे एजेण्डा राखेका छन्।

Advertisement 2

कोरोना नियन्त्रणका लागि सरकारले काम कारबाही, नेपालको सीमा समस्या तथा समाधान, पार्टी एकता, एमसिसी र विविध विषयमा छलफल गर्ने एजेण्डा प्रस्तुत भएका छन्। एजेण्डामाथि नेताहरुले शुक्रबारदेखि धारणा राख्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

 

प्रकाशित :२०७७ असार १०, बुधबार १५:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]