निजी सवारी बिहान ५ देखि बेलुका ९ बजेसम्म मात्रै चलाउन पाइने, मोटरसाइकलमा पनि जोर-बिजोर

काठमाडौं । मोटरसाइकलमा पनि जोर विजोर प्रणाली लागु हुने भएको छ । यसअघि मोटरसाइकलमा जोर विजोर लागु हुने नहुने अन्योल सिर्जना भएको थियो । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले मोटरसाइकल पनि निजी सवारीमा पर्ने भएकाले अन्य सवारीजस्तै जोर मितिमा जोर र विजोर मात्रै सञ्चालन गर्नुपर्ने बताए ।

Advertisement 1

आजबाट देशभर निजी सवारीमा जोर विजोर प्रणाली लागु भएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने र एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने एसएसपी ढकालले बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन रोक लागाइएको एसएसपी ढकालले जानकारी दिए । सुरक्षालाई मध्यनजर गर्र्दै उपत्यकामा यो नियम लागु गरेको उनले बताए ।

Advertisement 2

कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन । यसअघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने ढकाल बताउँछन् ।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पासको नियम लागु गरिएको छ ।

प्रकाशित :२०७७ जेष्ठ ३०, शुक्रबार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]