नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

Photo Credit: Federal Parliament, Nepal

काठमाडौँ, जेष्ठ १३ — नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को लागी ल्याएकाे नीति तथा कार्यक्रम पारित भएको छ । स‌‌‌घीय स‌‌सदको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित भएको हो ।

Advertisement 1

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो । सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।

त्यसअघि नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा १ घण्टा छलफल भएको थियो । नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन राखेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका थिए ।सुवाल र केसीको संशोधन बहुमतले अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रकाशित :२०८१ जेष्ठ १३, आईतवार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]