प्रधानमन्त्री ओलिद्वारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

Photo Credit: hr.parliament.gov.np

काठमाडौं, पुस ५ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । जसमा मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ ।

Advertisement 1

संघिय संसद विघटनको प्रस्तावको मन्त्रीहरूलगायत सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको भनि विरोध जनाएका थिए ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव लिएर राष्ट्रपतिसमक्ष पुगेका थिए ।

Advertisement 2

संघिय संसद विघटनको प्रस्तावको मन्त्रीहरूलगायत सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको भनि विरोध जनाएका थिए ।
तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा आजै गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत तोकेकी छन् ।

प्रकाशित :२०७७ पुष ६, सोमबार ००:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]