प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए, बैठकअघि प्रचण्डसँग भेटघाट

Photo Credit: Facebook/OPMCMNPL

काठमाडौं । असोज ११— मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नियमित रुपमा सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज आइतबार नै बोलाइएको हो।

Advertisement 1

दिउँसो १२ बजेदेखि प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। थापाका अनुसार दिउँसो १२ बजे बैठक बोलाएर प्रधानमन्त्री ओलीले बिहान १० बजेतिर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइनु र बैठक अघि पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुलाई धेरैले चासोपूर्वक हेरिरहेका छन्।

Advertisement 2

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने आजको बैठक पनि नियमितजस्तै भएको बताए । उनले कुनै विशेष एजेण्डा भए–नभएको आफूलाई थाहा नभएको तर अरु बेलाजस्तै यो बैठक पनि नियमित बैठकजस्तै भएको बताए।

ओली र प्रचण्डबीचको भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भएको तर कुन–कुन विषयमा छलफल भयो भन्ने थाहा नभएको बताइएको छ।

प्रकाशित :२०७७ आश्विन ११, आईतवार १९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]