भाडा नतिर्ने भृकुटीमण्डपका २० वटा पसल र कार्यालयमा ताला

वैशाख १, काठमाडौं— समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र व्यवसाय र कार्यालय सञ्चालन गरेर वर्षौदेखि भाडा नतिर्ने ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लव नेपालसहित २० वटा सटरमा सोमबार तालाबन्धी गरेको छ ।
Advertisement 1
परिषद्ले लामो समयदेखि भाडा तिर्न बाँकी रहेका रिपोटर्स क्लव, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, उपभोक्ता मन्चसहितका कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो । सटरको बुझाउन बाँकी रकमका लागि पटक–पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।
काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिएका छन् । हाल १० करोड भन्दा बढी भाडा उठ्न बाँकी रहेको छ । रिपोर्टर्स क्लवले मात्रै करिब ७३ लाख भाडा बुझाउन बाँकी छ ।
Advertisement 2
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि धमलाले भृकुटीमण्डपमा रहेको समाजकल्याण परिषदको सटर भाडामा लिएका थिए । भाडामा लिएदेखि नै उनले नतिरी राजनीतिक नेताहरुको शक्ति देखाउँदे भाडा तिर्न अटेरी गर्दैआएका थिए ।

