काठमाडौं उपत्यकामा फेरी थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइदैन ?

काठमाडौं | भदौ १०— काठमाडौं उपत्यकामा यही भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञा सकिन १२ घण्टाअघि नै फेरी एक साताका लागि निषेधाज्ञा थप गरिएको छ।
Advertisement 1
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका सुरक्षा निकायका प्रमुखहरु, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीहरुसँग छलफलपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्।
यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार राती १२ बजेदेखि सकिँदै थियो। उपत्यकामा संक्रमण दर बढ्दै गएको हुनाले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो।
Advertisement 2
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक घर बाहिर निस्कन पाइने छैन। बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ।
अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ।
Advertisement 3
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन्।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन्। बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन्।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीसीएमसी० र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो।
निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइदैन ?
हेर्नको लागि फोटोमा क्लिक गर्नुहोला ।