गएको २४ घण्टाभित्र देशभरी थप ८८५ जनामा कोरोनाको संक्रमण

 

Advertisement 1

काठमाडौं | भदौ १०— देशभरीमा २४ घण्टाभित्र थप ८८५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको छ । आज थप ८८५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको कुरा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement 2

त्यसैगरी गएको २४ घण्टामा ११ जनाको कोरोना संक्रमणका कारण दुःखद मृत्युभएको कुरा डा. गौतमले पुष्टि गर्नुभयो । हालसम्म कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या १७५ रहेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

प्रकाशित :२०७७ भाद्र १०, बुधबार १६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]