काठमाडौं | १८ भदौ— गएको २४ घण्टामा देशभर थप १२२८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को सक्रमण पुष्टि भएको छ । मुलुकभर रहेका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा काठमाडौं उपत्यकामा
थप ४४५ जनामा कोरोना
भाइरस संक्रमण भएको छ
त्यसैगरी गएको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो ।
बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।