कामठाडौं, भदौ ८— गएको चौबीस घण्टामा देशभरमा ७४३ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण भएको पुष्टि गरेको हो ।
सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । गएको चौबीस घण्टामा १७५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।
काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण
गएको चौबीस घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।
Jankari ko lagi dhannayabad