९ जेष्ठ २०८२, बिहीबार /
Thursday, May 22, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home प्रदेश प्रदेश १

जोगवनी भन्सारका कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम प्रभावित

कोरोना संक्रमण पुष्टि भएका सातै जना नायब सुब्बा तहका कर्मचारी हुन्

न्युजरुम नेपाल by न्युजरुम नेपाल
August 23, 2020
0

विराटनगर — विराटनगर भन्सारका सात जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कायालयको दैनिक कार्य प्रभावित भएको छ । जोगवनी नाका हुँदै पछिल्लो समय तेस्रो मुलुकबाट मालबाहक साधन न्यून मात्रामा आएका छन् । तर भारतबाट दैनिक सरदर डेढ सयभन्दा बढी मालबाहक ट्रक आउने गरेका छन् । तिनै ट्रकमा ल्याइएका सामाग्रीको भन्सार जाँच्ने क्रममा कर्मचारीलाई कोरोना भाइरस भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ ।

कोरोना संक्रमण पुष्टि भएका सातै जना नायब सुब्बा तहका कर्मचारी हुन् । ‘कार्यालयका सात कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैनिक कार्य प्रभावन हुने नै भयो,’ अधिकृत गोपी उप्रेतीले भने, ‘बाँकी रहेका कर्मचारीले अत्यन्तै सर्तकता अपनाएर भन्सार जाँच गर्न गरिरहेका छौं ।’

तर सात जना कर्मचारीमा कोरोना संंक्रमण देखिएपछि बाँकी रहेका कर्मचारीमा भागाभाग भएपछि आयातित सामानको भन्सार जाँच नै प्रभावित भएको एक भन्सार एजेन्टले बताए । कर्मचारीहरु सामान जाँच्नै मान्दैनन् । ती एजेन्टले भने, ‘कर्मचारीले सामान जाँचमा आलटाल गरेपछि एजेन्टहरु पनि भन्सार नै जान छाडेका छन् ।’

‘भन्सारमा सामान छुटाउन जानु भनेको जानीजानी कोरोना भाइरस सार्न जानुजस्तै भएको छ’, भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले भने, ‘हामीले भन्सार पनि एकसाताका लागि बन्द गर्न माग गरे पनि सुनवाइ नभएपछि एजेन्टहरु भन्सार जानै छाडेका हुन् ।’

‘मुख्यमन्त्री कार्यालयको प्रशासन विभागमा साता पहिला पीसीआर परीक्षणका लागि निवेदन दिएका थियौं,’उनले भने, ‘अहिलेसम्म भन्सार एजेन्टले पीसीआर परीक्षण गराउन पाएका छैनन् ।’ स्वास्थ्यकर्मीको टोलीले कर्मचारीको स्वाब क्वाटरमा गएर संकलन गर्‍यो । तर एजेन्टले एकसाता पहिला परीक्षणको माग गर्दा अहिलेसम्म सुनवाइ भएको छैन । पीसीआर परीक्षण गरेर रिपोर्ट नआएसम्म कुनैपनि एजेन्ट भन्सार नजाने अडानमा छन् । परासरले भने, ‘नेपालमा भारतबाट कोरोना भित्रेको भनिन्छ । त्यही भारतवाट आउने मालबाहक ट्रक, कन्टेनरका सामान छुटाउन हामी किन जाने ?’ भन्सार प्रशासनले पनि एजेन्टको पीसीआर परीक्षणमा असहयोग गरेको परासरको गुनासो छ ।

विराटनगर भन्सारमा १७ जना एजेन्टसहित उनीहरु र उद्योगका प्रतिनिधि गरेर ६० जना एजेन्ट छन् । ति मध्ये एकको दुईसाता पहिला मृत्यु भएको थियो । मृतकको कोसी अञ्चल अस्पतालमा पिसिआर रिपोर्ट पोजिटिभ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेगेटिभ रिपोर्ट आएको थियो ।

जोगबनी नाकाबाट पछिल्लो समय व्यापारिक सामानको आयात नभएपनि खाद्यन्न, हाइड्रो पावरका सामान, केही औधोगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थ आयात भइरहेको छ । भन्सार अधिकृत उप्रेतीका अनुसार यो कार्यालयले अहिले दैनिक सरदर ४ करोड राजस्व असुली गर्दै आएको छ । कार्यलयले सुरुवाती ३ महिनाको लकडाउनमा चार अर्ब राजस्व असुली गरेको थियो ।

Previous Post

भदौ १६ पछि विदेशमा रहेका नेपालीहरुलाई ल्याउन नियमित उडान

Next Post

कोभिड–१९ विरूद्धको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
कोभिड–१९  विरूद्धको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल

कोभिड–१९ विरूद्धको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय