काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा तनहुँ—१ सम्पन्न निर्वाचनको जारी मतगणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १०२५९ मत ल्याउँदै अग्रस्थानमा छन् । वाग्लेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले भने २७९७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार बिहानदेखि मतगणना सुरु गरिएकोमा पछिल्लो परिणाम अनुसार रास्वपाका वाग्लेले अग्रस्थान लिदै धेरै मतान्तरको अन्तरले अगाडि छन् ।
तनहुँ(१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ(१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।
आयोगले २ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ(१ मा करिब ५२ प्रतिशत मत खसेको छ । विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा भाग लिए पनि तनहुँ(१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र, नेपाली कांग्रेस र नेकपा एमाले पार्टीहरुबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।