काठमाडौं । असोज १०— नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा तेस्रो चरनको राहत वितरण कार्य सम्पन्न गरेको छ ।
पाटन संयुक्त क्याम्पसमा अध्यनरत विद्यार्थीहरु तथा अन्य अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको छ ।
राहत सामग्रीहरुको व्यवस्था नेपाली कांग्रेस महासमिति सदस्य उर्मिला केसी, प्राध्यापक रिना भट्ट, पूर्व क्याम्पस प्रमुख माधवप्रसाद गौतम, निवर्तमान क्याम्पस प्रमुख योगेन्द्र शाह र नेपाल विद्यार्थी संगठन ललितपुर जिल्ला उपाध्यक्ष रबि खनालले गर्नुभएको थियो । राहत वितरण कार्यक्रम सुबास पोख्रेलको संयोजनमा सम्पन्न भएको थियो ।