काठमाडौं । भदौ २२— गएको २४ घण्टामा देशभर ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा सोमबार ९७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सोमबार थपिएकासँगै नेपालमा ४७ हजार २३६ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ।
सोमबार थपिएकासँगै नेपालमा ४७ हजार २३६ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ।
कोरोना संक्रमितमध्ये ३० हजार ६७७ जना संक्रमित व्यक्तिहरु निकोभएर घर फर्किएका छन् भने ३०० जनाको निधन भइसकेको छ। त्यसैगरी देशभरका विभिन्न आइसोलेसनमा १६ हजार २५९ जना संक्रमितहरु रहेका छन्।
गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।