प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ प्रस्ताव

Photo credit: Facebook.com/Bhalubang

काठमाडौं । असोज १६— प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा आज पेश भएको छ ।

Advertisement 1

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगालाई समेटेर स्थायी राजधानी बनाउने प्रस्ताव छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् । दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकालाई समेटेर दाङ्गको देउखुरी उपत्यकालाई प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव छ ।

Advertisement 2

यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने कानुन मन्त्रीको प्रस्ताव छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।

प्रकाशित :२०७७ आश्विन १६, शुक्रबार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]