काठमाडौं । भदौ ३१— बुधबार करिव ५ः१९ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको युएसजिएस राष्ट्रिय भूकम्प सूचना केन्द्रले जनाएको छ । विहानै गएको भुकम्पले राजधानीबासी घर बाहिर निक्लेका थिए । भूकम्पको असर नेपाल र चाइना दुबै देशमा देखिएको छ ।