काठमाडौं । असोज ६— गएको २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गएको २४ घण्टामा थप १ हजार ३ सय ५६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी काठमाडौं उपत्यकामा २४ घण्टाभित्र थप ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो।
गएको २४ घण्टामा थपिएका १ हजार ३ सय ५६ जना संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।