काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित फेला परेको जानकारी गराएको हो ।