३० वर्षपछि लिभरपुल लिग च्याम्पियन

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमालिभरपुल च्याम्पियन बनेको छ । बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी पराजित भएपछि लिभरपुल ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको हो ।

Advertisement 1

चेल्सीको घरेलु मैदानमा भएको खेलमा सिटी २-१ गोलले पराजित भएपछि लिभरपुलले शीर्ष स्थानमा २३ अंकको अग्रता बनाउँदै सात खेल अगावै लिग च्याम्पियन घोषण भएको हो ।

चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका लागि केभिन डे ब्रुएनले एक गोल फर्काए । पहिलो हाफको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सोझै फ्रिकिकमा गोल गरेका थिए ।

Advertisement 2

७७ औं मिनेटमा सिटीका फेर्नान्डिन्होले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिएपछी सिटी १० खेलाडीमा समेटिएको थियो । सोही अवसरमा पाएको पेनाल्टीमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

यस जितसँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । पराजित भएको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३१ खेलमा ६३ अंक छ । चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै चौथो स्थानमा छ ।

प्रकाशित :२०७७ असार १२, शुक्रबार ०७:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]