काठमाडौं । भदौ १३ — गएको २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्र १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गरी सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१र२१ जना, झापा र बाँकेका २०–२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९–१९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९–९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३–३ जना, सप्तरी र कपिलवस्तुका २–२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १–१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।