भोलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, व्यवसाय गर्न पाइने

Photo via daokathmandu.moha.gov.np

काठमाडौं । भदौ २४— कोरोना भाइरस संक्रमण फैलिदै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केही खुकुलो बनाई यातायात र व्यापार व्यवसाय क्षेत्र खोल्ने निर्णय गरिएको छ।

Advertisement 1

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्मिलित बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालले बताउनुभयो । दाहालका अनुसार बिहीबारदेखि सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय गरिएको बताउनुभयो।

पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित सातामा निश्चित बारहरु तोकिएको छ। प्रशासनले तोकेअनुसार कुन बार कुन व्यवसाय खोल्ने भनेर तोकिएको हो।

Advertisement 2

यातायात क्षेत्र र व्यापार व्यवसायबाहेक अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने निर्णय गरिएको वक्तव्यमा जनाइएको छ। काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ। शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र पनि बन्द नै हुनेछन्।

उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यराती सकिदैछ।

Advertisement 3

प्रकाशित :२०७७ भाद्र २४, बुधबार १९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]