कोरोना भाइरसको केन्द्रविन्दु बन्दै भारत, एकै दिन ९० हजार बढी नयाँ संक्रमित भेटिएपछि विश्व रेकर्ड

Photo Credit: Reuters

एजेन्सी
काठमाडौं । भदौ २५— ९ महिनाअघि चीनको वुहानमा देखिएको कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु भारत बन्न थालेको छ। कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित बनेको अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको भारत पछिल्ला संक्रमणका नयाँ केसहरुको वृद्धिदर हेर्दा अबको केन्द्रविन्दु भारत बन्ने देखिएको बताइएको छ।

Advertisement 1

भारतमा एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ९० हजार माथि पुगेको छ। यो रेकर्ड विश्वमै अहिलेसम्म एकै दिन यति धेरै संक्रमित भेटिएको रेकर्ड छैन। गत सोमबार भारतमा ९० हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेका थिए। यो संख्या महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकैदिन भेटिएको उच्च संख्या हो।

ब्राजिलको संक्रमित संख्या ४३ लाख नाघेको छ भने भारतमा ४१ लाख नाघेको छ। भारत पछिल्लो समय संक्रमणको केन्द्रबिन्दु बनेको छ। भारत विश्वको सर्वाधिक जनसंख्या भएको दोश्रो मुलुक हो।

Advertisement 2

संक्रमण दर बढिरहँदा भारत सरकारले बुधबारदेखि नै बारहरू खोल्ने अनुमति दिएको छ। यसले संक्रमित संख्या थप बढाएको रोयटर्सले जनाएको छ।

संक्रमण दर बढिरहँदा भारत सरकारले बुधबारदेखि नै बारहरू खोल्ने अनुमति दिएको छ। यसले संक्रमित संख्या थप बढाएको रोयटर्सले जनाएको छ। यस्तै मृतक संख्या थपिने क्रम पनि भारतमा बढेको छ। पछिल्ला दुई सातादेखि भारतमा प्रत्येक दिन औषतमा एक हजार बढी मानिसको कोरोनाबाट निधन हुँदै आएको छ।

Advertisement 3

छिमेकी देश हुनुका साथै नेपालको प्रमुख श्रमबजारमध्ये भारत पनि पर्ने भएकाले त्यहाँ कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बन्दा नेपाल प्रत्यक्ष रुपमा प्रभावित हुने गर्दछ। त्यसैले नेपालमा अझैं पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको विश्लेषकहरु बताउँछन्। बुधबारसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेहरुको संख्या बुधबार ९ लाख नाघेको छ।

यस्तै संक्रमित संख्या २ करोड ७७ लाख पुगेको रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकमा अमेरिका पहिलो स्थानमा छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः ब्राजिल र भारत छन्।

संक्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९० हजार बढी मानिसको निधन भइसकेको छ भनेर संक्रमित संख्या ६३ लाख पुगेको छ।

यस्तै ब्राजिलमा निधन हुनेको संख्या १ लाख २७ हजार नाघेको छ भने भारतमा ७४ हजारको नजिक पुगेको छ। विश्वको कुल निधन हुने संख्याको आधा संख्या अमेरिकामै रहेको छ भने मेक्सिको, पेरू, कोल्मबिया, चिलि र एक्वाडरमा पनि ज्यान जानेको संख्या उच्च छ।

रोयटर्सले दिएको वितेका दुई साताको तथ्यांक अनुसार विश्वमा कोरोनाका कारण प्रतिदिन औषतमा ५६ सय बढी मानिसहरूको निधन हुने गरेको छ। १८ दिनको अवधिमा निधन हुनेको संख्या ८ लाखबाट ९ लाख पुगेको छ।

भारतको निधन हुने दर एक प्रतिशत रहेको छ भने अमेरिका र ब्राजिलको ३ प्रतिशतको हाराहारीमा छ। जुलाईमा उच्च बिन्दुमा पुगेयता अमेरिकाको संक्रमित र निधन हुने संख्यामा कमी आइरहेको छ। विद्यार्थी कलेज फर्किन थालेसँगै संक्रमित संख्या बढ्ने क्रम ४० प्रतिशतले बढ्न थालेको पनि रोयटर्सले जनाएको छ।

यस्तै युरोपका केही भागमा पुनः संक्रमण बढ्न थालेको छ। संक्रमण बढ्ने क्रम पहिलो महामारी जस्तै भएकाले यसले दोश्रो लहर आउन थालेकोतर्फ संकेत गरेको छ। सप्ताहन्तमा बेलायतमा ३ हजार नयाँ संक्रमित फेला परेका छन्, जुन मे महिनायताकै उच्च वृद्धि हो। बेलायतले हाल ६ जना भन्दा बढीको समूहमा जम्मा हुन प्रतिबन्ध लगाएको छ।

बेलायत संक्रमणबाट ज्यान गुमाउने मुलुकको पाँचौ नम्बरमा रहेको छ। त्यहाँ हालसम्म ४१ हजार ५ सय ९४ जनाको मृत्यु भइसकेको छ। यस्तै स्पेन सोमबारबाट पश्चिम युरोपमा संक्रमित संख्या ५ लाख नाघ्ने पहिलो मुलुक बनेको छ। त्यहाँ संक्रमित संख्या ५ लाख ५२ हजार पुगेको छ।

प्रकाशित :२०७७ भाद्र २५, बिहीबार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]