काठमाडौं, जेष्ठ १— हालै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्मको मत गणना अनुसार आफ्नो पक्षमा २०७१ मतसहित अग्रस्थान लिएका छन् ।
काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित आफ्नो अग्रता बढाएका छन् । उनलाई अर्का मेयरका उम्मेदवार नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन्। त्यसैगरी गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छिन्।