अब वार्ता अघि बढ्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँगको वार्ता अघि बढाउने बताएका छन् ।

Advertisement 1

उनले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताएका हुन् । संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताए ।

उनले भने, “राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत् राम्रो कुरा हो । केही साथीहरू अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ ।”

Advertisement 2

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भए पनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिटै वार्ता हुने’ बताए । “अब वार्ता हुन्छ, वार्ता अगाडी बढ्छ,” उनले भने ।

प्रकाशित :२०७७ जेष्ठ ३१, शनिबार १९:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]