७ जेष्ठ २०८२, मंगलवार /
Tuesday, May 20, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home FLASH

अर्मानिया–अजरबैजानबीच युद्ध, टर्की–रुस–इरानको सक्रियता बढ्दै

न्युजरुम नेपाल by न्युजरुम नेपाल
September 29, 2020
0
अर्मानिया–अजरबैजानबीच युद्ध, टर्की–रुस–इरानको सक्रियता बढ्दै

Photo Credit: World Today News

अर्मानिया र अजरबैजानबीच दशकौं पुरानो सीमा विवाद आइतबार एकपटक पुनः चुलिएको छ । अर्मानिया र अजरबैजान विवादित नागोर्नो–काराबाखको विषयमा एकपटक पुनः लडाईंको मैदानमा उत्रिएका छन् । त्यहाँ हेलिकोप्टर र ट्याङ्कलाई  हमला गरेर खसालिएको रिपोर्ट भेटिएको छ ।

दुबैतर्फका सैनिक र नागरिक हताहत भएका छन् । हालसम्म २३ जना मारिएको खबर छ । आइतबार नियन्त्रण रेखामा जुन प्रकारको भारी हतियारको प्रयोग भयो त्यो पछिल्ला केही वर्षमा भएको सबैभन्दा ठूलो झडप मानिएको छ ।

अर्दोआनको समर्थन, इरानको मध्यस्थताको प्रस्तावः

दुबै देशबीच सुरु भएको यो ताजा विवादमा संसारभरीका देशबाट प्रतिक्रिया आइरहेका छन् ।

आइतबार टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अजरबैजानको समर्थन गरेको घोषणा गरे । यस्तै रुसले अर्मानिया र अजरबैजानसँग तत्काल संघर्षबिराम गर्न, दुबै पक्षलाई संयमता अपनाउन र कुराकानीमार्फत् मुद्दा सुल्झाउन भन्यो । अर्कोतर्फ अमेरिकाले दुबै देशलाई तुरुन्त लडाईं बन्द गर्न र विवादित बयान, कारवाहीबाट बच्न आग्रह गर्यो ।

रुसले अर्मानिया र अजरबैजानसँग तत्काल संघर्षबिराम गर्न, दुबै पक्षलाई संयमता अपनाउन र कुराकानीमार्फत् मुद्दा सुल्झाउन भन्यो ।

यस्तै, फ्रान्सले दुबै देशलाई संघर्षविराम र छलफल गर्न आग्रह गरेका छन् । फ्रान्समा ठूलो संख्यामा अर्मानियाली समुदायको बसोबास
छ । अजरबैजान र अर्मेनिया दुबै देशको सीमासँग जोडिएको देश इरानले पनि दुबै देशबीच शान्ति स्थापित गर्नका लागि मध्यस्थताको भूमिका निभाउन प्रस्ताव पेश गरेको छ ।

उता अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले आइतबार आफूले यो इलाकामा पुनः आफ्नो नियन्त्रण स्थापित गर्न सफल हुने विश्वास राखेका छन् ।

यसपटक कसरी सुरु भयो लडाईं ?

अर्मानियाका रक्षामन्त्रीले बीबीसीसँगको कुराकानीमा नागोर्नो–काराबाखमा त्यहाँको राजधानी स्टेपनेकर्टसमेत थुप्रै बस्तीमा हमला भएको जानकारी दिए ।

त्यसपछि अधिकारीले एक महिला र एक बच्चाको मृत्यु भएको जानकारी दिए । नागोर्नो–काराबाखमा अलगाववादी समूहले आफ्ना करिब १६ जनाको मृत्यु भएको र करिब सयजना घाइते भएको जानकारी दियो । अर्मानियाले आफ्नो दुई हेलिकोप्टर र तीन ड्रोन खसालिएको र तीन ट्याङक पनि नष्ट भएको बतायो ।

त्यसपछि अर्मानियाको सरकारले नागोर्नो–काराबाखमा ‘मार्शल ल’ लगाउने घोषणा पछि पूरा देशमा नै ‘मार्शल ल’ को घोषणा गरियो र सैनिक तैनाथ गरिदियो । अर्मानियाका प्रधानमन्त्री निकोल पाशिनियनले अजरबैजानमा सुनियोजित हमलाको आरोप लगाउँदै मानिसहरुलाई ‘आफ्नो पवित्र मातृभूमिको रक्षाका लागि तयार हुन’ अपिल गरे । उनले यो इलाका एक ठूलो युद्धको अवस्थामा रहेको चेतावनी दिँदै टर्कीमाथि आक्रामक व्यवहारको आरोप लगाउँदै अन्तरराष्ट्रिय समुदायसँग  इलाकामा कुनै पनि अस्थिरता रोक्नका लागि एकजुट हुन आह्वान गरे ।

थुप्रै दशकदेखि चलिरहेको छ विवाद

अजरबैजानका रक्षामन्त्रीले एक हेलिकोप्टर नष्ट भएको पुष्टि गरेका छन् तर चालक भने बाँच्न सफल भएको जानकारी दिए । साथै, उनले अर्मानियाका १२ एयर डिफेन्स सिस्टममा क्षती पुगेको जानकारी दिए । यद्यपि, अर्मानियाले थप क्षतीको जतिपनि दाबी गर्यो त्यो अजरबैजानका रक्षामन्त्रीले खण्डन गरेका छन् ।

राष्ट्रपति अलियेवले देशबासीलाई सम्बोधन गर्दै अर्मेनियाली सेनाको हमलाको जवाफमा ठूलो मात्रामा जवाफी कारवाहीको आदेश दिएका थिए । टिभीमा प्रसारित सम्बोधनमा उनले भने, ‘जवाफी कारवाहीमा अर्मानियालीको कब्जामा भएको अजरबैजानको आवसीय इलाका अब मुक्त भएको छ ।’

अर्मेनियाली सेनाको सुरुवाती अस्विकार पछि नागोर्नो–काराबाखका राष्ट्रपति अराइक हरतुन्यानले केही इलाका अजरबैजानसँग हारिसकेको पुष्टि गरे ।

उनले भने, ‘मलाई पूरा विश्वास छ कि हाम्रो जवाफी कारवाहीले, ३० वर्षदेखि जुन अन्याय भइरहेको छ, त्यो कब्जालाई सधैंका लागि फुकुवा  गरिदिनेछ ।’ अर्मेनियाली सेनाको सुरुवाती अस्विकार पछि नागोर्नो–काराबाखका राष्ट्रपति अराइक हरतुन्यानले केही इलाका अजरबैजानसँग हारिसकेको पुष्टि गरे ।

अर्मानियाले क्षतीको तस्बिर जारी गर्यो नागोर्नो–काराबाखः

नागोर्नो–काराबाख ४,४०० वर्ग किलोमिटरमा फैलिएको इलाका हो जहाँ अर्मेनियाली इसाई र मुस्लिम बसोबास गर्छन् । सोभियत संघको अस्तित्वको क्रममा यो अजरबैजान भित्र नै एक स्वायत्त क्षेत्र बनेको थियो । अन्तरराष्ट्रिय स्तरमा यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्थ्यो तर यहाँ धेरैजसो अर्मोनियालीको जनसंख्या छ ।

सन् १९८० को दशकको अन्त्यदेखि सुरु भएका सन् १९९० को दशकसम्म चलेको युद्धको क्रममा ३० हजारभन्दा बढिको हत्या भएको थियो र १० लाखभन्दा बढि त्यहाँबाट विस्थापित भए । त्यतिबेला अलगावादी शक्तिले नागोरनो–काराबाखका केही इलाकामा कब्जा जमाए । यद्यपि, सन् १९९४ मा युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ । (स्रोतः बीबीसी)

Previous Post

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए, बैठकअघि प्रचण्डसँग भेटघाट

Next Post

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ प्रस्ताव

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ प्रस्ताव

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय