आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Office of the Prime Minister and Council of Ministers. Photo via https://www.facebook.com/OPMCMNPL

काठमाडौँ । सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै समयमा गर्ने निर्णय गरेको छ ।

Advertisement 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगामि मंसिर ४ गतेका दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउँनु भयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि हालको मौजुदा संसद्को कार्यकाल के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले नयाँ सदस्यका लागि मनोनयन दर्ता भएको दिन हालको संसद्को कार्यकाल स्वतः समाप्त हुने सरकारको बुझाई रहेको बताउँनु भयो ।

Advertisement 2

निर्वाचन आयोगले यस अघि नै मंसिरको पहिलो साता एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रकाशित :२०७९ श्रावण १९, बिहीबार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]