काठमाडौं । असोज २६—सोमबार नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरमा १४ हजार ५३० पीसीआर परीक्षण गर्दा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले बताउनुभयो।
सोमबार थपिएकासँगै नेपालमा कूल संक्रमितहरुको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बताएअनुसार सोमबार देशभरमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ।
सोमबार थपिएकासँगै नेपालमा कूल संक्रमितहरुको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।
त्यस्तै सोमबार थप ९ जना संक्रमितको निधन भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६४५ पुगेको छ।
त्यसैगरी २७९ जनालाई आइसीयूमा र ६७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।