कोरोनाले भारतमा एकजनाको मृत्यु

Symbolic Picture.

काठमाडौं । भारतमा कोरोनाभाइरसका कारण एकजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार कर्नाटकमा ७६ वर्षका मृतक हालै साउदी अरबबाट भारत आएका थिए ।

Advertisement 1

कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले तेलंगनाको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाएको छ । केन्द्र सरकारले उनी साउदीबाट फर्किने बेलामा श्वास लिन समस्या भएको, खोकी लागेको भन्दै एकसाताअघि अस्पताल गएका थिए ।
उनको स्वास्थ्य लगातार बिग्रेको समाचारमा जनाइएको छ ।

उनलाई पाँचदिनअघि एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनको प्रारम्भिक रिपोर्टमा कोरोना भएको पुष्टि भएको थियो ।

प्रकाशित :२०७६ फाल्गुन ३०, शुक्रबार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]