गएको २४ घण्टामा थप ९२७ जना कोरोनाबाट संक्रमण भएको पुष्टि

Photo Credit: Ministry of Health Ministry of Health and Population

काठमाडौं | भदौं १२— नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement 1

शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १० हजार २२९ पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

शुक्रबार थपिएकासहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ।

Advertisement 2

त्यस्तै, पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् भने अहिलेसम्म २० हजार २४२ जना उपचारपछि घर फर्किएका छन्।

त्यस्तै, ६ हजार ४४६ जना होम आइसोलेसनमा र ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा गरी १६ हजार १९ जना संक्रमित व्यक्तिहरु आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

Advertisement 3

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण

Photo: Newsroom Nepal

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितहरु थपिएका हुन्।

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। सबैभन्दा बढी काठमाडौं जिल्लामा ३ सय ५० जनामा संक्रमण देखिएको छ भने भक्तपुर जिल्लामा ५४ जना र ललितपुरमा ११ जनामा संक्रमण देखिएको छ।

प्रकाशित :२०७७ भाद्र १२, शुक्रबार १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]