९ जेष्ठ २०८२, बिहीबार /
Friday, May 23, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Newsroom Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Newsroom Nepal
No Result
View All Result
Home प्रदेश प्रदेश २

प्रदेश २ मा कसरी फैलियो कोरोना ?

न्युजरुम नेपाल by न्युजरुम नेपाल
August 23, 2020
0
प्रदेश २ मा कसरी फैलियो कोरोना ?

Symbolic Image

वीरगन्ज । प्रदेश २ का तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा कोरोना फैलिएपछि कहाँ कमजोरी भयो भन्ने पहिल्याउन प्रदेश सरकारले गत बोलाएको बैठकमा आरोप–प्रत्यारोप चल्यो।

मुख्यमन्त्री लालबाबु राउतले सशस्त्र प्रहरीका डीआईजी कृष्णभक्त ब्रह्मचार्यलाई ‘पैसा लिएर नाकामा मानिस छिराएको’ आरोप लगाए ।

लगत्तै डीआईजी ब्रह्मचार्यले पर्सा र सप्तरीका बीओपी प्रमुखलाई बोलाएर थप कडाइ गर्न निर्देशन दिए । संघीय सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै प्रदेश २ का नाकालाई पनि खुकुलो पारियो। कोरोना फैलिनुमा प्रदेश सरकारले यसैलाई प्रमुख कारण मानेको छ।

लकडाउन अन्त्यपछि अपनाउनुपर्ने सावधानीमा नागरिक लापरवाह देखिए । कोरोना संक्रमणले मृत्यु भएका राजविराजका व्यापारी लकडाउनमै परिवारका सदस्यलाई लिएर भारतको राजधानी नयाँदिल्ली पुगे। पछि बिनारोकटोक राजविराज फर्किए। स्वास्थ्यमा समस्या देखिएपछि मात्रै उनी अस्पताल पुगेका थिए।

नाकाको निगरानीमा लापरबाही, बजार र होटल खोल्दा स्वास्थ्य सजगताको ख्याल नगर्नु र सरकारी अस्पताललाई उपकरणयुक्त नबनाउनुलगायतका संक्रमण बढाउने कारक भए। ‘कोरोना रोकथामका लागि सुरक्षा मापदण्ड अपनाउनै छोडिदिए, यसमा सरकार र जनता सबै दोषी छन्,’ जनकपुरका वरिष्ठ चिकित्सक डा. विजय सिंहले भने, ‘संक्रमितको संख्या नबढोस् भनेर लकडाउन गरिन्छ। त्यही बीचमा स्वास्थ्य संस्थाको क्षमतामा विस्तार गर्नुपर्छ तर लकडाउनमा आधारभूत काम पनि सरकारले गर्न सकेन। परिणामस्वरूप अहिले संक्रमण बढ्यो। अस्पताललाई पैसा मात्र दिएर हुन्न। परीक्षण र उपकरण बढाउने र सचेतनामा पनि ध्यान दिनुपर्छ।’

करिब ४ महिना लामो लकडाउन अन्त्यको घोषणा गरेको तीन दिन नबित्दै स्थानीय प्रशासनले वीरगन्ज महानगर क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्‍यो। विस्तारै जीवन सहज बन्दै गएको अवस्थामा बढ्दो संक्रमणले एकपटक फेरि जनजीवन त्रासमय बनेको छ। विगतमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरूमा देखिँदै आएको संक्रमण पछिल्लो समय स्वेच्छाले परीक्षण गराएका र कुनै ‘ट्राभल हिस्ट्री’ पनि नभएका विभिन्न पेसा–व्यवसायका व्यक्तिमा संक्रमण देखिन थालेपछि वीरगन्जमा त्रास छ। साउनयता सेना, प्रहरी, उद्योगका सीईओ, चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दीसहित २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। १० जनाको मृत्यु भएको छ।

साउनबाट पर्सा जिल्ला कोरोनामुक्त हुनेमा सरकारी अधिकारीहरू विश्वस्त थिए। गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना संक्रमित मात्रै भर्ना थिए। जिल्लाको विभिन्न पालिकामा रहेका क्वारेन्टाइन पनि खाली हुने क्रममा थियो। पछिल्ला १६ दिनमा पर्सामा २ सय ४६ जना संक्रमित थपिएका छन्। कोरोना अस्पतालमा बेड अभाव भएपछि संक्रमितलाई होम आइसोलेसनमा राख्न थालिएको छ।

गत चैतदेखि नै संक्रमितको उपचारमा संलग्न नारायणी अस्पतालका डा. नीरजकुमार सिंहका अनुसार वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा लुकीछिपी आएका भारतीय मजदुरबाट वीरगन्जमा कोरोना संक्रमण फैलिएको हो। ‘साउनयता संक्रमण पुष्टि भएका व्यक्ति अधिकांश उद्योग तथा व्यापारिक प्रतिष्ठानसँग जोडिएका अथवा सम्पर्कमा आएकाहरू छन्,’ डा. सिंहले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा पनि उनीहरूकै सम्पर्कमा आएका व्यक्तिमा पोजिटिभ पाइएको छ।’

उद्योग तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने व्यक्तिमा ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगे र उनीहरूबाट चिकित्सक र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको उनले जनाए।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार असारमा वीरगन्जमा नयाँ केस थिएनन्। भारतमा रेलवेलगायत अन्य सवारीसाधन सञ्चालनमा आएपछि सयौंको संख्यामा नेपाली भित्रिए। ‘त्यसबेला गाउँ–गाउँमा निगरानी समूह थिए,’ महतो भन्छन्, ‘भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा पठाउन गाउँलेले नै खबर गरिदिन्थे तर महानगरमा त्यसो हुन सकेन। उद्योगहरू सञ्चालनमा आएपछि सयौं भारतीयलाई लुकाइछिपाइ ल्याइयो।’

नाकाको जिम्मेवारी लिएका निकायले यसको जवाफ दिनुपर्ने उनको धारणा छ । ‘असार दोस्रो साता जब सीमावर्ती रक्सौल बजारमा एक सय हाराहारीमा कोरोना संक्रमित देखिएका थिए, त्यही बेला नै मैले सबैलाई सतर्क रहन सावधान गराएको थिएँ,’ महतोले भने, ‘महको बथानबाट आएका व्यक्तिले केही न केही बोकेर आउँछन् नै। व्यापारिक केन्द्र भएकाले वीरगन्जले त्यसको मोल चुकाउँदै छ।’

वीरगन्ज–पथलैयाका औद्योगिक करिडोर, ढुवानीको मुख्य केन्द्र वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहमा सयौं भारतीय कामदार र कर्मचारी काम गर्दै आएका छन्। सरकारले तोकेको नाकाबाट नआई उनीहरू लुकीछिपी भारतबाट आएर काममा लागे। जसले गर्दा आफू पनि संक्रमित भए अनि अरूमा पनि संक्रमण फैलाए। यो समाचार आजको कान्तिपुरका लागि भुषण यादवले लेखेका छन्।

Previous Post

कोभिड–१९ विरूद्धको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल

Next Post

अष्ट्रेलियामा ५० प्रतिशत भन्दाबढि अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार

न्युजरुम नेपाल

न्युजरुम नेपाल

Next Post
अष्ट्रेलियामा ५० प्रतिशत भन्दाबढि अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार

अष्ट्रेलियामा ५० प्रतिशत भन्दाबढि अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

Recent News

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

July 14, 2024
नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

May 26, 2024
तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

November 16, 2023
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

August 1, 2023

NEWSROOMNEPAL

All materials published by newsroomnepal.com are the property of Newsroomnepal.com except as disclosed. You are requested to obtain permission before republishing or broadcasting any material published in it by print, electronic, broadcast or any other means.

About us

Publisher/Editor: Sigma Bhattarai

Address: Tinkune, Kathmandu, Nepal

Email: newsroomnepal@gmail.com

FOLLOW US

Facebook Twitter Google+ RSS

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि विहान ११ बजे शपथ गराइने

नेपाली कांग्रेसको अवरोधबीच सरकारका नीति तथा कार्यक्रम पारित

तिहार तथा दीपावली २०८० का केही झिलीमिलीका दृश्य

तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ १ को उपनिर्वाचनमा वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि

आगामि मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

Newsletter

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/वाणिज्य
  • जीवनशैली
  • खेलकुद
  • कला/साहित्य
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय

© 2020 newsroomnepal.com/powered by sastosite.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • विशेष
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थ/वाणिज्य
  • जीवनशैली
    • पर्यटन
    • कृषि
    • रोजगारी
  • खेलकुद
  • कला/साहित्य
    • गसिप
    • फिल्म
    • संगीत
  • स्वास्थ्य
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अन्तर्राष्ट्रिय