भोलिदेखि ६० देखि ६४ वर्ष उमेर समूह व्यक्तिहरुलाई खोप लगाइँदै

Photo credit: Swarnavo Chakrabarti/Unsplash

काठमाडौँ, जेष्ठ २४— सरकारले जेष्ठ २५ गते मंगलबारबाट देशभर कोरोनाविरुद्ध दुई दिने खोप अभियान चलाउँदै छ । चीन सरकारबाट अनुदान प्राप्त भेरोसिल खोप काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो डोजको खोप लगाउन लागिएको हो ।

Advertisement 1

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले बताए । काठमाडौं महानगरपालिकाका सबै वडाहरुमा खोप व्यवस्था गरिएको छ कुरा काठमाडौं जिल्लाका
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । अरू पालिकाले तोकेका स्थानमा खोप व्यवस्थापन गर्नेछन् ।

त्यस्तै भक्तपुरमा पनि जिल्लाभर सबै स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरिएको कुरा भत्तपुरका प्रमुख जिल्ला अधिकारीले बताए । ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतका अनुसार ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा दुई दिन र बाँकी पालिकाले एकै दिनमा खोप लगाइसक्ने आशा लिइएको छ ।

प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार २३:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]