मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियासहित केही उद्देश्यमूलक ढंगले लाग्न थालेको बताए । विनियोजन विधेयकमाथिको प्रश्नोत्तरमा भाग लिँदै सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा गर्नै नजानेको भन्दै आश्चर्य प्रकट गरे । उनले सेनाले चिकित्सा सामग्री खरिद गर्दा अनियमितता भएको भन्ने टिप्प्णीमा यस्तो जवाफ दिएका हुन् ।

Advertisement 1

उनले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको अथ्र्याए । प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे ।
उनले यस्तो कुरामा हौसिन नहुने पनि बताए ।

“राष्ट्रपतिले यो सामग्री नकिन, किन भन्ने कुरा आउँदैन । चौरी चिटिक्क पार भन्ने कुरा आउँदैन,” उनले तर्क गरे ।

प्रकाशित :२०७७ जेष्ठ २८, बुधबार १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]