सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु

काठमाडौं । सप्तरीमा चट्याङ् लागेर चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर ज्यान गएको हो ।

Advertisement 1

चट्याङ् लागेर ज्यान गुमाउनेमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेवी यादव र ४६ वर्षीय केसी साह रहेको प्रहरीले जनाएको छ ।

बेचन यादव र छेदी ठाकुरको सप्तकोसी नदीमा पुजा गर्ने क्रममा र ललितादेवी यादव केसी साहको खेतमा काम गर्दा ज्यान गएको हो ।

प्रकाशित :२०७७ असार ११, बिहीबार १५:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]