सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग प्रधानमन्त्रीको छलफल

चैत्र १७, काठमाडौं — प्रधानमन्त्री बालेन साह सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गरेका छन् ।
Advertisement 1
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलिरहेको छ ।
प्रधानमन्त्री साहले प्रदेशगत रूपमा प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । यसअघि सोमबार पनि उनले कोसी प्रदेश र कर्णाली प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
प्रकाशित :२०८२ चैत्र १७, मंगलवार १४:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

