१२ वर्ष माथिको उमेरका सबैलाई मास्क अनिवार्य लगाउन विश्व स्वास्थ्य संगठनको निर्देशन

Photo Credit: BIGSTOCK

काठमाडौं- विश्व स्वास्थ्य संगठनले निर्देशिका जारी गर्दै १२ वर्षभन्दा माथिका बालबालिका देखि सबैले घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने जनाएको छ ।

Advertisement 1

बयस्कहरुले जस्तै १३ वर्ष माथिका किरोर उमेरका बालबालिकाले अन्य व्यक्तिलाई भाइरस सार्न सक्ने प्रमाणित भएको भन्दै मास्क लगाउन अनिवार्य गरेको हो । पाँच वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाले सामान्य रुपमा मास्क लगाउन नसक्ने डब्लुएचओको भनाई छ ।

विश्वमा कोरोना भाइरसको संक्रमणकै कारण ८ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वमा वितेको २४ घन्टामा मात्रै २ लाख ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

Advertisement 2

यो सँगै विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख नाघेको छ । भारत, अमेरिका र ब्राजिल सबैभन्दा बढी प्रभावित छन् ।

कोरोना संक्रमणका कारण विश्वमै पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

Advertisement 3

अमेरिका र ब्राजिलको दैनिक संक्रमण दर केही घटेको छ । लक्षण विहिन संक्रमित र परीक्षणको सीमित दायराका कारण वास्तविकभन्दा निकै कम मात्रै संक्रमितहरुको संख्या बाहिर आएको जनाइएको छ । पछिल्लो समय दक्षिण कोरिया, युरोपेली राष्ट्रहरु र लेबनानमा पुनः संक्रमण फैलिरहेको छ । ( nepaltvonline.com प्रकाशित समाचार)

प्रकाशित :२०७७ भाद्र ७, आईतवार १६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]