२४ घण्टामा देशभर थप १ हजार १११ मा कोरोना भाइरस पुष्टि

Photo Credit: NTV

काठमाडौं ।  देशभरी पछिल्लो २४ घण्टामा ११११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement 1

बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १२ हजार ६२९ पीसीआर परीक्षण गर्दा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो।

बिहीबार संक्रमण पुष्टि भएकासहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ।

Advertisement 2

त्यस्तै, पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् भने अहिलेसम्म २० हजार ७३ जना उपचारपछि घर फर्किएका छन्।

त्यस्तै, १५ हजार २७३ जना संक्रमित व्यक्तिहरु संस्थागत तथा होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

Advertisement 3

 

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित :२०७७ भाद्र ११, बिहीबार १६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]