प्रधानमन्त्री शाहले आज उद्योगी तथा व्यवसायीसँग लफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेन शाह |
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेन शाह |

काठमाडौँ, असार २४ | प्रधानमन्त्री बालेन्द्र शाह (बालेन(ले आज बुधबार उद्योगी तथा व्यवसायीहरुसँग छलफल गर्ने भएका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बिहान ११ बजे हुनेछ ।

Advertisement 1

प्रधानमन्त्रीसँग छलफलका लागि बोलाइएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।
छलफलका लागि चेम्बर अफ कमर्सकासाथै नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई पनि मन्त्रिपरिषद्‌को कार्यालयमा बोलाइएको छ।
उद्योगी तथा व्यवसायीले सरकारले बजेट ल्याउनु अघिदेखि नै प्रधानमन्त्रीसँग छलफल गर्न खोजेका थिए ।

प्रकाशित :२०८३ असार २४, बुधबार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]