फिफा विश्वकप २०२६: समूह ‘एच’ को निर्णायक भिडन्त आज
असार १२, काठमाडौं — विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ मा आज दुई महत्वपुर्ण तथा निर्णायक खेलहरू हुँदैछन्, जसले नकआउट चरणमा पुग्ने टोलीको टुंगो लगाउनेछ ।
पहिलो बहुप्रतीक्षित खेलमा दुई पूर्वविश्वविजेता टोली उरुग्वे र स्पेन आमनेसामने हुँदैछन् । समूहको शीर्ष स्थान र साख जोगाउनका लागि यी दुईबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको आक्रामक उरुग्वे र लुइस डी ला फोन्टेको रणनीतिमा मैदान उत्रने कलात्मक स्पेनबीचको यो खेल रणनीतिक हिसाबले निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
यसै समूहको अर्को खेलमा पहिलो पटक विश्वकप खेलिरहेको अफ्रिकी मुलुक केप भर्डे र एसियाली फुटबलको बलियो टोली साउदी अरेबिया भिड्दैछन् । अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ ।
हालसम्म २ खेलबाट ४ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ । स्पेनले पहिलो खेलमा साउदी अरेबियालाई ४-० ले हराएको थियो भने दोस्रो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो । समान २ खेल खेलेका उरुग्वे र केप भर्डेको खातामा २-२ अंक छ । उरुग्वेले साउदी अरेबियासँग १-१ र केप भर्डेसँग २-२ गोलको बराबरी खेलेको थियो ।
प्रकाशित :२०८३ असार १२, शुक्रबार १७:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


