सरकारी वकिल कार्यालयमा रमेश लेखकले बयान दिंदै

पूर्वगृहमन्त्री रमेश लेखक
पूर्वगृहमन्त्री रमेश लेखक

चैत्र १८, काठमाडौं — जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकको बयान भइरहेको छ ।

Advertisement 1

महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणको हिरासतमा राखिएका लेखकले दुई घण्टाअघिदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिइरहेका हुन् । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले लेखकको बयान भइरहेको जानकारी दिएका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग भदौं २३ र २४ को आन्दोलनको छानबिन र कारबाहीको सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको चैत १४ प्रहरीले पक्राउ गरेको थियो । लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदैछ ।

Advertisement 2

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रकाशित :२०८२ चैत्र १८, बुधबार १७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]