संयुक्त राज्य अमेरिकाको २५० औं स्वतन्त्रता दिवस सम्पन्न

संयुक्त राज्य अमेरिकाको २५० औं स्वतन्त्रता दिवसका अवसरमा वेस्टमिन्स्टर क्षेत्रमा आकाशमा गरिएको आतिशबाजीको दृश्य । तस्वीरः न्युजरुम नेपाल
संयुक्त राज्य अमेरिकाको २५० औं स्वतन्त्रता दिवसका अवसरमा वेस्टमिन्स्टर क्षेत्रमा आकाशमा गरिएको आतिशबाजीको दृश्य । तस्वीरः न्युजरुम नेपाल

कोलोराडो, ४ जुलाई — संयुक्त राज्य अमेरिकाको २५० औं स्वतन्त्रता दिवस भव्य सम्पन्न भएको छ । दिवसको अवसरमा उत्सवमय बनाउन कोलोराडोका नेपाली समुदायहरूले पनि विभिन्न कार्यक्रमका साथ भाग लिएका थिए। वेस्टमिन्स्टर क्षेत्रमा हजारौंको संख्यामा दिउँसैदेखि मानिसहरु पार्कमा जम्मा भएर बेलुकी ८ बजेपछि आकाशमा आतिशबाजी गरी दिवस मनाइयो । दिवस कार्यक्रममा विभिन्न किसिमका स्थानीय परिकार र स्थानीय सांस्कृतिक कार्यक्रम पनि भएका थिए ।
धेरैजसो सहरहरूले वातावरण र सुरक्षालाई ध्यानमा राख्दै आतिशबाजीको सट्टा आकर्षक ड्रोन शो आयोजना गरेर आकाशलाई उज्यालो बनाएका थिए । जुलाई ४ को परेडमा नेपाली समुदायले पहिलो पटक औपचारिक रूपमा सहभागिता जनाएका थिए । नेपाली मौलिक पहिचान, परम्परागत पोशाक र राष्ट्रिय झण्डासहित सहभागी नेपालीहरूले अमेरिकी स्वतन्त्रता दिवस मनाउँदै दुवै देशको संस्कृति र एकताको सन्देश दिएका थिए ।

Advertisement 1

प्रकाशित :२०८३ असार २३, मंगलवार ००:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]