प्रधानमन्त्री शाहले आज उद्योगी तथा व्यवसायीसँग लफल गर्ने

काठमाडौँ, असार २४ | प्रधानमन्त्री बालेन्द्र शाह (बालेन(ले आज बुधबार उद्योगी तथा व्यवसायीहरुसँग छलफल गर्ने भएका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुनेछ ।
Advertisement 1
प्रधानमन्त्रीसँग छलफलका लागि बोलाइएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।
छलफलका लागि चेम्बर अफ कमर्सकासाथै नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई पनि मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ।
उद्योगी तथा व्यवसायीले सरकारले बजेट ल्याउनु अघिदेखि नै प्रधानमन्त्रीसँग छलफल गर्न खोजेका थिए ।

