रास्वपा लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा निर्वाचित शालिकराम घिमिरे ।

जेठ ३१, बुटवल— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित भएका छन् ।

Advertisement 1

पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाएका थिए । उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो ।

तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपा नेता डा। बुद्धिप्रसाद शर्माले बताए ।

Advertisement 2

सभापति पदका लागि ६ जना बीच भएको चुनावमा रुपन्देहीका शालिकराम घिमिरेले १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए ।

मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत मात्र खसेको थियो । अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको नेता शर्माले बताए ।

Advertisement 3

अधिवेशनका प्रतिनिधिहरु अधिकांश घर फर्केका र मतदान स्थलमा नगण्य संख्यामा मात्र प्रतिनिधि रहेकाले मतदान हुने नहुने अनिश्चित भएको रास्वपा नेता सहयोगी बीसीले बताए ।

प्रकाशित :२०८३ जेष्ठ ३१, आईतवार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]