प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई परामर्शका लागि भन्दै शीतल निवास बोलाएकी छन् ।

Advertisement 1

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग बुधबार बेलुका पाँच बजेपछि छलफल गर्ने तयारी गरेकी हुन् ।

त्यसका लागि दलका नेताहरुलाई राष्ट्रपतिका तर्फबाट निम्तो गएको शीतल निवासले जनाएको छ ।

Advertisement 2

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ नेकपा भित्रै र अरु राजनीतिक दलबिच पनि विवाद कायम रहेका बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।

संविधान जारी भएपछि संवैधानिक राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रम टुट्दै गएका बेला भण्डारीले एमसीसीको विवाद चर्किएका बेला परामर्श गर्न लागेकी हुन् ।

Advertisement 3

दलीय छायाबाट स्वतन्त्र हुनु पर्नेमा नेकपा भित्रको राजनीतिमा लगातार ‘हस्तक्षेपकारी’ भूमिका निवार्ह गर्दै आएको भनेर राष्ट्रपति भण्डारीको आलोचना हुने गरेको छ ।

यसरी दलीय राजनीतिक घटनाक्रममा प्रवेश गरेको भनेर आलोचना भइरहेका बेला एमसीसीका सम्बन्धमा पनि राष्ट्रपति भण्डारीले त्यस्तै खालको भूमिका खेल्न खोजेको देखिएको छ ।

एमसीसी पारित गर्नु पर्ने अन्तिम समय सीमा असार १६ गते सकिँदैछ । यसबारे छलफल गर्न नेकपाको स्थायी समिति बैठक पनि बस्दै छ ।

प्रकाशित :२०७७ असार १०, बुधबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]