नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसः प्रभातफेरी गरी मनाइदै

जेष्ठ १३, काठमाडौँ । लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले माइतीघर मण्डलामा प्रभातफेरी गरेको छ । युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी आफ्नो ३५ औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध खाले कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना पनि गरेको छ।
Advertisement 1
आज बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरुहुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए । विधान महाधिवेशनको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादवले गर्ने कार्यक्रम तय भएको छ ।
२०४८ जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपलब्धीका रूपमा नेपाल प्रेस युनियनको पनि स्थापना भएको थियो।


