नक्कली पास बिक्री गर्ने दुईजना पक्राउ

जनकपुरधाम – लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने दुईजना सिरहाबाट पक्राउ परेका छन् । लकडाउनको समय प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास किर्ते बनाई बिक्री वितरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

Advertisement 1

लहान नगरपालिका वडा नम्बर १ मा रहेको मेरो साईबर एण्ड ट्राभल्समा खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतोलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।

दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथानसहित नियन्त्रणमा लिएर दुवैजनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित :२०७७ असार ११, बिहीबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]